सुनेको थिए म भन्दा धेरै
अगाडि बनेको थियो रे
म जस्ता धेरै भन्दा धेरै अघि
तर मैले देखेको छु ढालेको
आफ्नै आँखाले
ढल्नु अघि उसले पनि देखेको थियो
धेरै सत्ताहरु ढलेका
धेरै व्यवस्थाहरु जलेका
राजनीतिक चक्रव्यूमा परेको उ
काठमाण्डुको central view मा नि परेको उ
भीमसेनको रहर
देशको धरोहर
धरहरा
उसले देखेको थियो सायद
देश बचाउन कैयौं मरेका
राष्ट्र बचाउन सधै अघि अघि सरेका
कति कविका कलमहरुमा आए होला
कत्तिले त गीत पनि गाए होला
उसको बारेमा
उसले प्रेम घात देख्यो
उसले दिन अनि रात देख्यो
तर परिवर्तन देख्न नपाउँदा
निराश थियो होला ऊ पनि
म पनि आफ्नो घरको छाना बाट हेर्ने गर्थे
तेती परको धरहरा देखिन्छ भनेर छक्क पर्ने गर्थे
ठुला ठुला घरले छेक्दा नि देखिने गर्थ्यो
मेरा कति कविताहरुमा लेख्ने गर्थ्यो
धरहरा देख्दा आफूलाई धरहरा भन्दा अग्लो देख्थे
पुरै समाज भन्दा आफूलाई बेग्लो देख्थे
तर अफसोस ढल्यो एक दिन
र धुलो भयो
जसरी हुन्छ कसैको सपनाहरु चक्नाचुर
पछि सुनेँ कसैले फेरि बनाअरे
त्यस्तै देखिने तर अर्कै खालको
सेतो अग्लो स्तम्भ
तर
सहरको धुवाँधुलो ले होकि
अग्लाअग्ला घरहरुले छेकेर पो हो
या मेरो आँखा कमजोर भएर
आजकल
मेरो घरबाट धरहरा देखिँदैन