रगँ थिएन तर रंगिन थियो
रङ भएपनि रङहिन थियो
उज्यालो रात थियो
अन्त्यको सरुवात थियो
फुलहरुको बर्षत थियो
सुतिरहेको प्रभात थियो
छुटिसकेको हात थियो
नयाँ नयाँ साथ थियो
पत्थरमा फूल फुलेको
मरभुमीमा धान झुलेको
हरियो रगतको खोला
नच्यातिने कागजको झोला
पानीमा आगो बल्ने
माटोमा जहाज चल्ने
कान भएका भिताहरु
खुट्टा भएका जुत्ताहरु
बल्न सक्ने रङ्गिन चित्र
साथ नछाड्ने असल मित्र
पश्चिमबाट उदाउने रवि
कविता लेख्न नजाने कवि
पूरा नहुने चहाना जस्तो
एउटा अजिब बिपना जस्तो
खै कस्तो कस्तो
सुनेर नपत्याउँ जस्तो
थियो
मैले चाहेर पनि देख्न
नसकेको सपना