Skip to Content

झोला

रङ्गी बिरङ्गी पोतेको

कहिलेकाही भुइँमा जोतेको

सामान हाली बोक्न मिल्ने .

रिस पोख्दा ठोक्न मिल्ने 


यस्तो झोला, जसमा थिए


गान्धीका आत्मकथा , माओका चर्चाहरु

आफ्नो देश आफै बनाउ ,लेखेका पर्चाहरु


जुन भेटेको थे मैले सडक को किनारमा


जस्तै,

एक बेवारिसे बालक

जो उद्दार हुने आसमा

नियाली रहेको छ हरेक मोर्चाहरु


यस्तो झोला ,जुनमा थिए


बाल्यकालका  खेलौनाहरु

बुढेसकालका बिलाउनाहरु

हात नभएको हाते घडी

आलमुनियम को फोल्डएबल छडी


जस्मा थियो एम्नेस्टीको

नपढिको हाते पुस्तक

जस्ले बिताइसकेको थियो

मानवताको केही सतक


भित्र थियो मोबाइल

फोनको डाटा केबल

एउटा पुरानो  पिरियोडिक

(periodic ) टेवल


जस्मा थियो नपडकिने युरेनियम

अनि जल्न नजानेको प्लुटोनियम


हिरोसिमाको नक्क्सा नच्यातिएको,

अमेरिकी जहाज नमातिएको ,


नतातेको  प्लास्टिकको पृथ्वी

अनि केही पुराना डलर नसाटिएको


कागजका ब्राह्मास्त्रहरु

आइन्स्टाइनका शास्त्रहरु


जस्मा मिलेर बस्थे कुराण र गिताहरु

केहि अपुरा गजलहरु र कविताहरु


केही स्पाइडरम्यानका टास्न मिल्ने चित्रहरु

केही लेखिएर पनि नपठाइएका पत्रहरु


धार नभएका  छुराहरु

अनि नशा नलाग्ने मदिराहरु




एउटा टर्च

चार्ज गर्न मिल्ने तर न गरेको

तेहि पनि ब्याट्री न मरेको


जस्ले उज्यालो बनाउथ्यो पुरै गाउँ सहर

र बढाउथ्यो सबैको बिहन हुने  रहर


तर


आज आफ्नै हात बाट

हेर्दाहेर्दै आफ्नै साथ बाट


सायद रत्नपार्कको भिडमा होला

मेरै लापरवाहीले हरायो त्यो झोला


जसमा थिए


गान्धीका आत्मकथा , माओका चर्चाहरु

आफ्नो देश आफै बनाउ लेखेका पर्चाहरु


जुन भेटेको थे मैले सडक को किनारमा


जस्तै,


एक बेवारिसे बालक जो उदार उद्दार हुने आसमा

नियाली रहेको छ हरेक मोर्चाहरु



Sign in to leave a comment