केहि शताब्दी काटेर
दुख सुख साटेर
थाकेको तर नहारेको
तेहि पनि इच्छा नमारेको
व्याट्री हाल्न नपर्ने
बत्ती बाल्न नपर्ने
पुरानो पेन्डुलम घडी आजकल
बेरोजगारीको सरम बुनेर
मोबाइल फोनको अलराम सुनेर
बिउझिन्छ सपनाबाट
असत्य त्यो बिपनाबाट
पोखिन् नसक्ने रिस बनेर
मात्र एउटा स्वो पिस बनेर
तेहि युगको फर्काइमा
आफ्नो पालाको पर्खाइमा
हेरिबस्छ
पल्लो भित्ताको आफ्नो मित्रलाई
तेहि पुरानो पोट्रेट चित्रलाई
जस्मा
टेलिस्कोप बोकेर
एक आँखा छोपेर
नयाँ युग निहालिरहेछन
ग्यालेलियो